Logo

हावाहुरी प्रभावित क्षेत्रमा नेकपा निकट दुवै विद्यार्थी सङ्गठनले संयुक्त रूपमा राहत वितरण गर्दै



Spread the love

२१ चैत, बारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दुवै विद्यार्थी सङ्गठन संयुक्त रूपमा उद्दार तथा राहत वितरणमा खटिरहेका छन् ।

नेकपाका अध्यक्षद्वय पुष्प कमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले सबैलाई उद्धारमा लाग्न अनुरोध गरे सँगै सो पार्टी निकट विद्यार्थी सङ्गठन संयुक्त रूपमा हावाहुरी प्रभावित क्षेत्रमा खटेका हुन् ।

नेकपाका दुवै विद्यार्थी सङ्गठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले संयुक्त सचिवालय स्थापना गरेका छन् । सचिवालयबाट राहत र उद्वारको कार्यलाई व्यवस्थित गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ्ले जानकारी दिएका छन् । स्वयंसेवक विद्यार्थीहरूको नेतृत्व गर्दै अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल खटिरहेका छन् । सबै जिल्लाबाट आउने विद्यार्थीहरूलाई समन्वय एवम् परिचालन गर्न र प्राप्त राहतलाई सही ढङ्गले वितरण गर्ने संयुक्त सचिवालय स्थापना गरिएको मल्ले जानकारी गराए ।

विद्यार्थी नेताहरू रमेश मल्ल, रञ्जित तामाङ, रश्मि आचार्य, युवराज दाहाल, आरती लामा, डा. अच्युत भट्ट, सूर्यनारायण शाह, डा घनश्याम पाण्डे लगायत विद्यार्थी नेताहरू प्रभावित क्षेत्रमा मङ्गलवार देखि नै खटिएका छन् ।

विद्यार्थी सङ्गठनले झुल वितरण, स्वास्थ्य शिविर सञ्चालन देखि टहरा निर्माण लगायतका कामहरू गरिरहेका छन् । अखिल क्रान्तिकारीकाका नेता समेत रहेका डाक्टर अच्युत भट्टको नेतृत्वमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

यही चैत्र १७ गते आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीमा परेर २७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्