Logo

सातौं मानव अधिकार चलचित्र महोत्सव भोलिबाट सुरु



Spread the love

२०, चैत्र, काठमाडौं ।

सातौँ संस्करणका रूपमा मानव अधिकार चलचित्र केन्द्रको आयोजना यही चैत्र २१ देखि २४ गते सम्म काठमाडौँको कमलपोखरीमा हुने छ ।

आयोजनामा हुने महोत्सव रसियन सेन्टर अफ साइन्स अफ सेन्टरमा सञ्चालन हुनेछ । महोत्सवको शुरुवात जर्मनी ‘द मार्च अफ होप स्काई’ बाट गरिनेछ ।

विश्वभरिबाट खुला आवेदनमार्फत आएका चलचित्रमध्ये छनोट गरी ८१ भन्दा बढी मानव अधिकारका विषयमा बनेका वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन लगायतका चलचित्र महोत्सवमा प्रदर्शन गरिनेछ ।

महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दङ्गा र आतङ्कवादी जस्ता चलचित्र र अधिकारबाट वञ्चित र सामाजिक न्यायको पक्षमा महिला, दलित, अल्पसंख्यक र पिछडिएका समुदायका सवालमा बनेको चलचित्र पनि प्रदर्शन गरिनेछ ।

चलचित्र महोत्सवले राष्ट्रिय मानव अधिकार आयोग, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघ(युएन), चलचित्र बिकास बोर्ड, युनएचसीआर सँग सहकार्य रहेको छ ।

नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्र महोत्सवमा प्रदर्शनका लागि छनोट गरिएको महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्