थाइराइड एउटा जटिल रोग हो । यो रोग पुरुषको तुलनामा महिलाई बढी लाग्ने हुन्छ । यो रोग मानिसले धेरै तनाव लिंदा, खानामा आयोडिनको कम वा धेरै प्रयोग हुँदा, एन्टिबायोटिकको असर र बंशानुगत गुणका कारण पनि यो रोग लाग्ने गर्छ । थाइराइडको समस्या दिनप्रति दिन बढ्दै गईरहेको छ ।
थाइराइड के हो ?
शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ । थाइराइड रोग नभएर घाँटीमा हुने ग्रन्थी हो । यसले टी ३ र टी ४ नामक हर्माेन बनाउँछ । यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पुर्याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ ।
थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ। हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ।
के कारणले हुन्छ थाइराइड ?
हर्मोनको कमीले गर्दा हाइपोथाइरिटिजम देखिने समस्या बढी हुन्छ । थाइराइड अटो इम्युनको कारणले गर्दा हुन्छ ।
प्रतिरोधी प्रणाली (इम्युन सिस्टम) ले भित्रबाट थाइराइड ग्रन्थी भत्काउछ । लिथियम नामक औषधिले हर्मोन कम हुनसक्छ।
थाइराइड रोगबाट कसरि बच्न सकिन्छ ?
१. खानामा आयोडिनको मात्रा कमी वा बढी दुवैमा थाइराइडको समस्या देखिने भएकाले यसको मात्रा मिलाएर खानुपर्छ । सी फूड तथा आयोडीनयुक्त नूनका पूर्ण रुपमा नियन्त्रण आवश्यक छ ।
२. वनस्पति घ्यू हाइड्रोजनसँग मिलाएर बनाएको हुन्छ । यसले राम्रो कोलस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट हुने समस्या उत्पन्न गरेर त्यसलाई बढाइदिन्छ । तसर्थ सकभर बजारमा पाइने यस्तो घ्यूको प्रयोग गर्नु हुदैन ।
३. थाइराइड भएका विरामीहरुका लागि कफिले दुखाई बढाउने काम गर्छ । बेचैनी तथा अनिन्द्रा जस्ता समस्याहरु पनि निम्त्याउँने काम गर्छ । तर कफिले सिधै थाइराइड भने बढाउँदैन ।
४. थाइराइड भएकालाई रक्सी , बीयर आदीले शरीरिक उर्जालाई प्रभावित पार्छ र निद्रामा समेत समस्या हुन्छ । तसर्थ
रक्सी, बीयरको प्रयोग नगर्ने ।