काठमाडौं, १९ चैत ।
आराध्या सुमनले बारा–पर्सामा आएको हावाहुरीका पीडितलाई आफ्नो जन्मदिनको अवसरमा खर्च हुने सबै रकम दिने भएकी छिन् । १० वर्षीया आराध्याको जन्मदिन बुधवार रहेको छ ।
आराध्याका बुवा मनिष सुमन राजपा नेपालका महासचिव तथा प्रदेश सांसद हुन् । जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा आराध्याको नाममा जम्मा गर्ने आराध्याका बुवा मनिष सुमनले बताए ।
आराध्याले नै यसपटक बर्थ डे नमनाउने, देशमा यस्तो घटना भएको छ, यस अवस्थामा कसरी बर्थ डे मनाउनु, बरु त्यसमा खर्च हुने रकम पीडित परिवारलाई सहयोग गरौ भनेपछि जन्मदिनको दिन सहयोग गर्ने सुमनले बताए ।
प्रतिक्रिया दिनुहोस्