Logo

बारा अपडेट: मृत्यु हुने २७ मध्ये २४ जनाको नाम र ठेगाना खुलेको छ



Spread the love

बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको भीषण हावाहुरीमा परेर मृत्यु भएका २७ जना मध्ये २४ जनाको नाम र ठेगाना खुलेको छ ।

गृह मन्त्रालयले २४ जनाको नाम र ठेगाना सार्वजनिक गरेको छ । हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिकसमेत रहेका छन्। थप ३ जनाको पहिचान खुल्न भने बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ।

हावाहुरीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएर धेरै जनाको ज्यान गएको थियो । हावाहुरीले सबैभन्दा ठुलो क्षति बाराको भरवलीयामा पुगेको थियो । हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया पुगेको थियो ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रले औषधि, कपडा, पाल सहितको एक टोली काठमाडौँबाट घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिएको छ । स्थानीय अस्पतालमा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको मृतकहरूको नाम र ठेगाना :

क.फेटा गाउँपालिका-बारा

१.हरिनारायण दास(५५ वर्ष)

२. मनोरमा देवी(४५)

३.रुनि देवी(२४)

४.नन्द पटेल

५.रुबी खातुन (१२)

६. गढीमा देवी(५०)

७. बबिमा खातुन(२५)

८. मुस्तकिमा खातुन(५०)

९. मिना खातुन(२५)

१०. नोक्सा मियाँ (११)

११. अलिसा खातुन(३)

१२. सकिया खातुन(४०)

१३. सम्सिधा खातुन(१२)

१४. सबनम खातुन(१८)

ख. प्रसौनी गाउँपालिका-बारा

१. अच्छलाल माझी (५५)

ग. सुवर्णपुर गाउँपालिका -बारा

१. तरिफा खातुन (३०)

२. श्रीप्रसाद यादव(६५)

घ. प्रसौनी गाउँपालिकाका -बारा

१. अच्छलाल माझी(५५)

ङ. महागढीमाइ नगरपालिका -बारा

१. कोइरी देवी(७५),

च. भारत

१. कालुपक्कर राजेश मुखिया(२२)- मोतिहारी,

२. बोक्ता अवधेश पासवान(२३)- सितामढी

३. राधे लाढि (४१)- उत्तर प्रदेश बरैली लाजगञ्ज

छ.पर्सा

१. भवानीपुर राम माझी(४५)

२. सुरज माझी(४)

प्रतिक्रिया दिनुहोस्