१७,चैत्र , काठमाडौँ ।
बिहे भएको तीन महिनामै बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनस सम्बन्ध बिछोड गर्ने अवस्थामा पुगेका छन् ।
बलिउड अभिनेत्री प्रियंकाले आफूभन्दा दस वर्ष कान्छा अमेरिकी गायक जोनाससँग गतवर्षको डिसेम्बर पहिलो साता क्रिस्चियन र हिन्दु दुवै धर्मअनुसार विवाह भएको थियो ।
३६ वर्षिय प्रियंका र २६ वर्षिय निक निकै कम समयमा एकअर्कासँग नजिक भएका थिए । प्रियंका भन्दा निक १० वर्ष कान्छा छन् तर उमेरले कान्छा भए पनि व्यवहारमा भने प्रियंका केटाकेटी जस्तो भएको र सोही कारण उनीहरुको सम्बन्ध बिछोड गर्ने अवस्थामा पुगेको बताइएको छ ।
उनीहरुबीच काम, पार्टी र साथमा समय विताउने विषयलाई लिएर प्रायः झगडा हुने गरेको छ । निक र प्रियंका हतारमा प्रेम गरेर अहिले फुर्सदमा पछुताइरहेका छन् । उनीहरुको विवाह मात्र एउटा परालको त्यान्द्रोमा अडिएको छ ।
एकअर्कासँग खुसी नरहेको र दाम्पति सम्बन्ध बिछोडका लागि अगाडि बढेको अमेरिकाको ओके म्यागजिनले बताएको छ ।