Logo

दोस्रो खेलमा पनि कुवेतलाई रोक्ने दाउमा नेपाल



Spread the love

चैत ११, २०७५,नेपाली राष्ट्रिय फुृटबल टोलीले आज राति दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई खेलको लागि कुवेत गएको नेपाली टोलीले पहिलो खेलमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो मैत्रीपूर्ण खेल कुवेतस्थित रंगशालामा आज राति ९ बजेपछि प्रतिस्पर्धा हुँदैछ ।

नेपाली टोलीका प्रशिक्षक योहान कालिनले पहिलो खेलको प्रदर्शनलाई नै निरन्तरता दिनका लागि मैदानमा उत्रिने बताएका छन् । प्रशिक्षक कालिनले भने ‘कुवेत हामी विरुद्ध आक्रामक अवस्थामा रहने छ । त्यसैले हाम्रो लक्ष्य उसलाई रोक्नु नै हो । अघिल्लो खेलमा जस्तै संयमित भएर प्रदर्शन गर्ने छौँ, ‘हाम्रो लक्ष्य कम्तीमा बराबरी खेल्ने हो । टिममा धेरै बदलाव हुने छैन । खेलाडीले मिहेनत गरेका छन् । पहिलो खेलले गर्दा आत्मविश्वास बढेको छ । जसले गर्दा दोस्रो खेलमा पनि सकारात्मक नतिजा आउनेमा म विश्वस्त छु ।’

यता, नेपाली टिमका कप्तान बिराज महर्जनले कुवेत हामी भन्दा बलियो टिम रहेपनि उसलाई हामी पनि कम होइनौं भन्ने कुरा देखाएका बताउँदै रोक्नकै लागि खेल्ने बताएका छन् । ‘दोस्रो खेलमा पनि हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौँ । सबै खेलाडीहरूले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौँ,’ कप्तान महर्जनले भने, ‘पहिलो खेलमा कुवेतलाई बराबरीमा रोकेकाले सोही लयलाई निरन्तरता दिनकै लागि हामी मैदानमा उत्रने छौँ ।’

प्रतिक्रिया दिनुहोस्