चैत ११ -२०७५,काठमाडौँ ,
कृषि विकासको क्षेत्रमा प्रदान गरिने अनुदानको प्रभावकारिता सम्बन्धी गरेको अध्ययनले पहुँच हुने किसानले मात्रै अनुदान पाइएको छ।सरकारले प्रदान गर्दै आएको कृषि अनुदानबाट पहुँचवाला ठूला किसान मात्रैले फाइदा लिएको पाइएको छ।
गत असार २२ गते कृषि तथा पशुपंक्षी विकास मन्त्रीको निर्देशनमा गठित अध्ययन टोलीले यस्तो प्रतिवेदन बनाएको हो। मध्यम तथा साना किसानलाई लाभ हुनेगरी ल्याइएको अनुदान सुविधा लक्षित किसानले नपाएर ठूला तथा टाठाबाठाहरुले लिएको भेटिएको छ । ‘किसानले पनि परियोजनाको लागत अनुमानित भन्दा बढी देखाउने र मिलेमतोबाटै अनुदानको अनियमितता हुने गरेको भेटियो’, उनले भने।कार्यविधिको अध्ययन र इन्टरनेटबाट लगायत अन्य देशले गरेको कृषि अभ्यासको आधारमा उक्त प्रतिवेदन तयार पारिएको सुवेदीले बताए।
कसका लागि, केका लागि, कति समयको लागि र कति जनाको लागि भन्ने कुराको स्पष्ट नहुदा प्रकृया झन्झटिलो भएको लगानी गरिने र किसानले फिर्ता गर्नु नपर्ने ठूलो रकम पहुँचवाला व्यक्तिहरुको कार्यक्रम ब्यवस्थापनमा संलग्नतालाई समेत अनुचित दबाव दिन नसक्दा र त्यस्तै किसानलाई दिइने मेसिनरीको मुल्याङ्कन सही नहुदा कृषि अनुदानको प्रभावकारिता देखिन नसकेको प्रतिवेदनले बताएको छ।
अनुदानको सही रुपमा लाभ किसानले नपाउदा कृषिमा लाग्न चाहने युवा तथा व्यवसायीहरु समेत निरुत्साहित हुदै विदेश पलायन भईरहेका छन् ।
वास्तविक किसान छुट्याएर मात्रै स्पष्टताका साथ अनुदानको कार्यक्रमहरु ल्याइनुपर्ने आवश्यकता रहेको र सही साना तथा मध्यम किसानहरुलाई परिचयपत्रको ब्यवस्था गर्नुपर्ने र परिचयपत्रको आधारमा सरकारबाट वितरण हुने सेवा सुबिधाहरु उपलब्ध गराउन सकेमात्र अनुदानको सही प्रयोग हुन सक्छ।