Logo

आइतबारदेखि फेरी हुन थाल्यो, काठमाडौंमा पेट्रोल को लाईन



Spread the love

२० असार, काठमाडौं,

बिकास अर्याल 

राजधानीमाpetrol आइतबारदेखि पेट्रोल पम्पहरुमा फेरी सवारीको लाइन देखिएको छ । यो लाइन अझै कम भएको छैन ।शुक्रबार परेको अविरल वर्षाले काठमाडौं आउने ट्यांकरहरु मुग्लिन-नारायणगढ सडक खण्डमै रोकिँदा, आजसम्म पनि राजधानीमा तेलको अभाव देखिएको हो ।आयल निगमले शुक्रबार रक्सौलबाट आएका सबै ट्यांकरहरु काठमाडौं नआएपछि शनिबार तेल वितरण नै गरेन । त्यसैकारण शनिबारदेखि पम्पहरुमा देखिएको उपभोक्ताको लाइन आजसम्म कायमै छ ।आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे शनिबार एक दिन
पेट्रोल वितरण नगर्दा आजसम्म पनि लाइन नहटेको स्वीर्काछन् ।‘आइतबार हामीले ६ लाख २३ हजार लिटर पेट्रोल बजार पठाएका थियौं । आज पनि ५ लाख लिटर गएको छ,’ घिमिरेले भने ‘आपूर्ति बढाएकाले अब पेट्रोलपम्पमा लागेको लाइन विस्तारै हट्नेछ ।’काठमाडौंमा दैनिक ४ देखि साढे ४ लाख लिटर पेट्रोलको माग हुन्छ । वर्षको समयमा एकदिन मात्रै बाटो अवरोध भएर पेट्रोल आपूर्ति रोकिँदा बजारमा हाहाकार सुरु भइहाल्छ । तर, आपूर्ति रोकिँदा पनि फूल गरेर राखिएको डिपोको पेट्रोल बजार पठाउन निगमले आनाकानी गर्ने गरेको छ ।’एक-दुई दिनभन्दा बढी आपूर्ति रोकियो भने थानकोट डिपोबाट नै लामो समयमसम्म आपूर्ति गर्नुपर्ने हुन्छ । त्यसैले डिपोको तेल चलाइहाल्न अप्ठेरो छ,’ घिमिरेले भने ‘त्यही पनि हिजो र आज हामीले थानकोट डिपोबाट पनि तेल दिएका छौं ।’काठमाडौंमा एक दिन तेल आपूर्ति रोकिँदा पम्पमा लामो लाइन देखिनु सामान्यजस्तै भएको छ । दुई वर्षअघि नै थानकोट डिपोको भण्डारण बढाउने योजना बनाएको निगमले काम भने सुरु गरेको छैन । त्यसैकारण उपभोक्ताहरुले  दुख खेपिरहनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्