रङहरुको पर्व होली आपसमा रङ दलेर सौहार्द एवं हर्षोल्सपूर्वक मनाईएको छ । असत्यमाथि सत्यको बिजयको प्रतिकको रुपमा मानिने यो पर्व आज र भोली गरी २ दिनसम्म मनाईने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो ।
यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ । केही बर्ष अगाडीसम्म होली मनाउने क्रम घट्दो थियो तर केही समययता होली हरेक उमेर समूहलका मानिसहरुले हर्ष उल्लासका साथ मनाउने गरेका छन् । यसैबीच नेपाली चलचित्रकर्मीहरुले समेत उल्लाषका साथ होली मनाएका छन् । हरेक बर्ष चलचित्रकर्मीहरुले सामूहिकरुपमा होली मनाउँदै आएका छन् ।
हेर्नुहोस् फोटोफिचर :
प्रतिक्रिया दिनुहोस्