Logo

अन्तिम परेड -डायरी



Spread the love

pratik-sharma-ichhuk

समय चिसो थियो । हिउँदको समय भएर होला निकै चिसो । त्यसमा तर्राईको भू-भाग कुहिरो, तुषारोको जगजगी । सैन्य जीवन एकदमै र्सतर्क । बिहानै पेट्रोलिङ्ग गएको हाम्रो टिम ६ बजे फर्कियो क्याम्पमा अनि सुरु भयो शारीरिक अभ्यास । बिहान हाम्रो अभ्यास सकिनै लाग्दा कमाण्डरबाट दिनभरि गरिने कामको जानकारी भयो । सैन्य मोर्चाबाट बाहिर राजनीतिक जिम्मेवारी लिएर मोर्चा सम्हाल्ने गरी केही कमाण्डर सदस्यहरूको जिम्मेवारी हेरफेर हुनेबारे सूचना प्राप्त भयो ।

कृष्ण सेनस्मृति ब्रिगेडबाट सहकमाण्डर असल क्षेत्री र प्रकाशन एवं प्रचार विभागको प्रमुख म पनि बाहिर निस्कनेमा परेछौं । निकै उत्सुकता जागेर आयो । २०६३ मङ्सिर १९ गते बसेको चौथो डिभिजन स्टाफको बैठकले सरुवाको निर्णय गरेको रहेछ । मैले असलजीलाई सोधे – “के दुइजना  मात्र बाहिर – जहिले पनि जहाँ पनि हामी अग्रमोर्चामा -” ‘हो जानैपर्ने भयो’- असलको स्वीकारोक्ति । जनमुक्ति सेना कृष्ण सेनस्मृति ब्रिगेडबाट हामी दर्ुइ बाहिरिने पक्का जस्तै भयो । मैले बाहिर आपत्ति जनाए पनि मनमनै भने खुसी नै थियो । जनताको प्रत्यक्ष सर्म्पर्क हुने र राजनीतिक क्षेत्रमा आफूलाई उभ्याउनुका साथै पत्रकारिता क्षेत्रमा समय दिन सकिने भयो भन्ने उत्सुकता जागेर आयो ।

एकै छिनपछि ब्रिगेड कमिश्नर ताराले मलाई कार्यालयमा हाजिर हुन आदेश गर्नुभयो । झोला र आवश्यक सामग्री तयार गर्न र नवलपरासीको जर्घर्ााान भन्नुभयो । एकाएक सुनेको जिम्मेवारी फेरबदलको निर्ण्र्ाामान्नुको विकल्प थिएन । रुपेन्देहीको सैनामैनास्थित रहेको जनमुक्ति सेना चौथो डिभिजन अर्न्तर्गतको कृष्ण सेनस्मृति ब्रिगेड रहेको क्याम्पबाट लामो समयदेखि सहकार्य गरेका साथीहरुबाट छुट्टयिांै । अन्य ब्रिगेडबाट निस्कने कमाण्डर र सदस्यहरूको औपचारिक बिदाइ चौथो डिभिजन कार्यालयले आयोजना गर्ने चाँजोपाँजो मिलाइएको रहेछ । सैनामैनामा रहेको क्याम्पबाट हामी दर्ुइ -असल र म) जनाको यात्रा नवलपरासी जर्घर्ाार हानियो । बाटोमा निकै गहकिला विषयमा असल दाइसँग कुरा भए । प्रसङ्ग थियो- प्रतिवादविना स्वीकार गरिने निर्ण्र्ाार त्याग र र्समर्पणमा देख्ने हाम्रो भविष्य । कहिल्यै पनि जिम्मेवारी पाउँदा पूरा गर्ने हाम्रो अठोट । निष्कर्षथियो- सबथोक देश र जनताका लागि ।

मानसपटमा घुम्न थाले जनयुद्धमा सहभागी भएका २ हजार ३ सय ३० दिन -२०५७ वैशाखदेखि २०६३ मङ्सिर ५ गते) का भीषण क्षणहरु । मैले कैयौँ पटक मुत्युको मुखबाट आफूलाई जोगाएको छु् । अर्घर्ााँची मर्‍याङ्ग, चिदिका, स्याङ्जा मनकामना, तनहुँ भिमाद, पाल्पा अर्गेली र गुल्मी खैरेनीमा शाही सेनासँगको सोधपुछमै परियो । शंकास्पदरुपमा हेरिएको थियो । भाषामा रहेको समस्याले शाही सेनाबाट फुत्कन निकै पसिना आयो । सानै उमेर, केटौले वनावट र चातर्ुयले आफूलाई जोगाएको अनुभव छ । २०६० भदौ ८ गतेको दिन हो । अर्घर्ााँचीको मर्‍याङमा शाही सेनाको घेरा तोडेर भागेको, अनि कार्तिक महिना हो गते भुलंे चिदिकामा रहेको पसलमा सामान किनिरहेको समयमा शाही सेनाले छोपेर आधा घण्टापछि छोडेको थियो । लडाइँका दर्जनौं मोर्चा आफैमा मुत्यु जितेर आएका क्षणहरु । आफैमा रोमाञ्चित छँदैछन् ।
झन्डै पौने घण्टाको गाडीको यात्रा सैनामैना, बुटवल, सुनवल हुँदै भर्ुमईदेखीको १५ मिनेटको पैदल हिँडेपछि पुगियो क्याम्पमा । क्याम्प पुग्दै गर्दा सडकको उत्तरतिरका चुरे पहाडहरु हाम्रो आश्रय स्थल थिए । धेरै पटक यी पहाडहरुमा जिन्दगी दाउमा राखेर हामी बसेका थियौँ । शाही सेनालाई ब्यारेकबाट बाहिर बोलाऊ, आक्रमण गर र थिलोथिलो बनाऊको मान्यताअनुसार विभिन्न गतिविधि सञ्चालन गर्न कैयौँ दिन चुरेका पाखाहरुमा सेल्टर लिएका थियौँ । कपिलवस्तु, पाल्पा, रुपन्देही र नवलपरासीका चुरेहरु जनमुक्ति सेनाका सुरक्षित इलाका थिए भने नि हुन्छ ।

जर्घर्ाा विभिन्न ब्रिगेडबाट आउने क्रम जारी थियो साथीहरूको । उत्साह र खुसीयाली नै थियो भर्ुमईमा । नयाँ-नयाँ कार्यक्षेत्र र जिम्मेवारी पाउँदा रमाउने जनसेनाको परम्परा यसपालि पनि उस्तै देखिन्थ्यो । जनताको संविधानसभामार्फ नयाँ संविधान बनाउने वषौर्ंदेखिको सपना पूरा गर्ने अभियानमा आइपर्ने जिम्मेवारीका लागि कार्यविभाजन हुँदै थियो । चौथो डिभिजनका कमाण्डर गणेशमान पुन “रश्मी”, सहकमाण्डर यामबहादुर अधिकारी “प्रतीक्षा” लगायतका कमाण्डरहरुको मिटिङ्ग चलिरहेको हामीलाई जानकारी आयो । को कहाँ परिने हो, त्यसको प्रतीक्षा गर्नुको विकल्प थिएन । प्रतीक्षाको समय मनमा जनमुक्ति सेनाका विभिन्न तहको जिम्मेवारी पूरा गर्दाका क्षणहरु घुमिरहे । २०६१ भदौमा गण्डकक्षेत्र प्रवेश गरेदेखि भएका मोर्चा, स्याङ्जाको चित्रेमञ्ज्याङ, पाल्पा मित्याल, हुमिन, गोठादी, पर्वत भ्याप्लेखोलाका मोर्चा । जहाँ जनसेनाले विजय प्राप्त गरेको थियो । दर्जनांै आधुनिक हतियार कब्जा गरेको थियो । धेेरै पटक याद आउने भिरपुस्ताङ । बिर्सनै नसक्ने लमजुङको भिरपुस्ताङ आक्रमण । जहाँ मैले पनि रगत बगाएँ । दाहिने कुममा ग्रिनेट लाग्यो । कमिस्नर उत्तम र कमाण्डर गणेशमान पुनको ढाड्स कहिल्यै भुल्दिनँ । ढाडमा टेकेर टाउको हिर्काउने अभियान स्याङ्जा, पाल्पा, तनहुँ, अर्घर्ााँची, कपिलवस्त, रुपन्देही र नवलपरासीका विभिन्न मोर्चाहरु, बुटवल वसन्तपुर, सुनवल र अरुणखोलामा विजयी क्षणहरु सोचिरहेकेा थिएँ । अझ बढी सम्झे  नवलपरासीका राइकोट, वाकामलाङ, पाल्पाको सार्कीडाँडा मिल्याल, हात्तीलुङमा जनादेश र अन्य पत्रिका बोकेर आवतजावत गरेका दिनहरू । रश्मीलाई देखेँ । झन्डै सवाघण्टा आसपासमा कार्यक्रम सुरु हुने बैठकबाट काम विशेषले बाहिर आउनुभएका कमाण्डर रश्मीले बताउनुभयो ।

हाम्रो पर्खाइको समय सकियो जब सिट्टी बज्यो । खुल्लाचौरमा हामी सबै टिमवद्ध भयौँ । डिभिजन सहकमाण्डर प्रतीक्षाको काशनसँगै गोडा फाट र्सतर्क सुरु भयो । पिटीपरेडसँगै सुरु भएको कार्यक्रमको सरर्सर्ती जानकारी प्रतीक्षाले गरेपछि औचित्यबारे कमाण्डरको मन्तव्य हामीले सुन्यौं । कार्यविभाजन र्सार्वजनिक भयो । लुम्बिनी, धौलागिरी र राप्तीका जिल्लामा जिम्मेवारी लिनुपर्ने भयो । अपवादबाहेक सबैको जिम्मेवारी लुम्बिनी र धौलागिरीमा पर्‍यो । रोेल्पामा बटालियन कमिश्नर आनन्द, असल र मेरो सल्यानमा कार्यक्षेत्र पर्‍यो । झन्डै पौने ३ वर्षो जनमुक्ति सेनामा रहेर काम गर्दाका अवधि । नयाँ जिम्मेवारी लिएर उत्साहित हँुदै बाहिरिदाको क्षण । साच्चिकै कठोर हुँदोरहेछ बिदाइको क्षण ।

प्रतिक्रिया दिनुहोस्