Logo

ओखलढुंगामा आगलागीबाट करोडौँको क्षति, सहयोगको अपिल



Spread the love

ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा नम्बर  २(साबिक ठुलाछाप २) चुहान्छापमा यही फाल्गुण २८ गते मङ्गलवार दिउँसो १२ बजेको समयमा नजिकैको जङ्गल बाट आएको आगोले घर कटेराहरू जलेर पूर्ण रूपमा नष्ट हुँदा करोडौँको क्षति भएको छ।उक्त आगलागीमा परि नरेन्द्रकुमार कार्की, गोविन्दबहादुर खड्का, सत्यवती कार्की, डुल बहादुर कार्की, ढकबहादुर कार्की र बलबहादुर कार्कीका घरहरू जलेका छन् भने प्रेमबहादुर कार्की र शमशेर बहादुर कार्कीका कटेराहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

आगजनीबाट घरबार विहीन भएका पीडितहरू खुल्ला आकाशमुनि रात बिताउन बाध्य भएका छन् । यस बिपतको घडीमा राशन पानी र लत्ताकपडाहरूको लागि विभिन्न सङ्घ सस्थाहरु(नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रशासन,नगरपालिका, सुतार कार्की समाज, नेपाल शिक्षक सङ्घ, लायन्स क्लब अफ काठमाडौँ ओखलढुंगा, नेपाली काङ्ग्रेसका माननीय साम्सदहर)बाट प्रदान गरिएको सहयोगबाट तत्कालका लागि सामान्य राहत मिलेको भएतापनी बसोबास र दीर्घकालीन व्यवस्थापनको लागि
कठिनाइ हुने देखिएको छ।साथै नेपाली काँग्रेसका वडा कार्यसमिति सी.न.पा २ ठुलाछापका सभापति कुमारबहादुर कटवालको संयोजकत्वमा बसेको एक भेलाले कालिका आधारभूत बिधालयका प्र.अ तथा स्थानीय समाजसेवी मोहनकुमार कार्कीको संयोजकत्वमा ११ सदस्यीय एक राहत सङ्कलन समिति गठन गरी सङ्कलन रकमबाट पहिलो प्राथमिकताको आधारमा अस्थायी टहरा निर्माण गरी बसोबासको प्रबन्ध मिलाउने निर्णय समेत गरेको छ।

समितिमा संयोजक मोहनकुमार कार्की, सह-संयोजक बलराम कटवाल, सचिव कुमारबहादुर कटलाल, कोषाअध्यक्ष गेजराज श्रेष्ठ, र सदस्य हरू क्रमशः टिकाराम कार्की, थनकुमार बस्नेत, महेश श्रेष्ठ, गोविन्दप्रसाद ओझा, चेतन श्रेष्ठ, रन्जित कार्की र पदमकुमार तामाङ रहेका छन् । समितिले सहयोगी हातहरूलाई धन्यवाद दिँदै थप सहयोगका लागि सबै सँग अपिल गरेको छ।

सहयोग तथा थप जानकारीको लागि मोहनकुमार कार्की-९८४२९४१४९९, बलराम कटवाल-
९८६०८९०८४०, गेजराज श्रेष्ठ -९८४२८०३२३९, र टिकाराम कार्की -९८४२९५५०५५ मा सम्पर्क गर्न सकिनेछ ।

– तेजेन्द्र कार्की

प्रतिक्रिया दिनुहोस्