समयको माग जनताको चाहना अनुसार देशका भिभिन्न भागमा यातायात सेवा सञ्चालन गर्न सफल सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले सुविधा सम्पन्न डिलक्स बसहरु केही दिनमै सल्यान भित्र्याएरै सेवा दिने भएको छ ।
नयाँ चेसिश ल्याएर ग्यारेजमा रहेका सुविधा सम्पन्न डिलक्स बसहरुको निर्माण कार्य अन्तिम चरणमा पुगी सकेको र अब सल्यानमा केही दिन भित्रै गाडी भित्र्याइने कार्यालय प्रमुख तिर्थराज धितालले बताए ।
सुविधा सम्पन्न डिलक्स बस हरू सल्यान देखि काठमाडौका लागि सञ्चालन गरिने छ ।
दसैं अगाडि देखी नै गाडीहरु ग्यारेजमा बन्दै थिए ।
(तिर्थराज धितालको सहयोगमा )
प्रतिक्रिया दिनुहोस्