सातौँ सिएसआइटी क्रिकेट प्रतियोगिताको आज भएका सेमिफाइनलका खेलहरूमा भएको पहिलो खेलमा न्यु समिट कलेजले समृद्धि कलेजलाई ६ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ सम्हालेको न्यु समिट कलेजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन प्राप्त गर्न सफल रह्यो ।
न्यु समिट कलेजका तर्फ बाट सर्वाधिक रन अजय झाह ले ल्याउन सफल रहे जसले ५४ बलमा अर्धशतकको पारी खेलेका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको समृद्धि कलेजले निर्धारित १९.३ ओभर खेल्दा अलआउट हुन पुगी लक्ष्य भेट्टाउन सफल भएन । समृद्धि कलेजले मात्र ११२ रन मात्र जोड्न सफल भयो । आज न्यु समिट कलेजका राजीव गुरुङले ४ विकेट लिँदै उत्कृष्ट खेलाडीको अवार्ड हात पार्न सफल भए जसले समृद्धि कलेजलाई सस्तैमा रोक्न महत्त्वपूर्ण भूमिका खेले ।
आजै भएको सेमिफाइनलको दोस्रो खेल भने विवादित रहन पुग्यो । टस जितेर ब्याटिङ सम्हालेको अस्कल कलेजले १४.४ ओभरमा पुरै १० विकेट गुमाउँदै मात्र ८१ रन जोड्न सफल भयो । सगरमाथा कलेजका तर्फबाट सर्वाधिक ७ विकेट राजन सुबेदीले लिए ।
जवाफी ब्याटिङमा उत्रिएको सगरमाथा कलेजले मात्र १४.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्यलाई सहजै भेट्टाउन सफल भयो । सगरमाथा कलेजले १४.५ ओभरमा ८६ रन जोडेको थियो । सगरमाथा कलेजका तर्फ बाट सर्वाधिक रन ल्याउनेमा प्रशान्त यादव रहे जसले ३४ बलमा ४० रन जोडेका थिए ।
आजको खेल सकिए पनी खेल विवादित रहन पुग्यो । बाहिरी खेलाडी राखेर खेल जितेको अस्कल कलेजले सगरमाथा कलेजलाई दाबी गरेको छ । अस्कल कलेजको प्रोटेष्टका कारण अहिलेलाई फाइनल खेल स्थगित हुन पुगेको हो । आइतबार त्री.वि. मा पुगेर सगरमाथा कलेजका एक खेलाडिको प्रमाणीकरण गरेपछी मात्र फाइनल खेल तय गरिने आयोजकले जनाएको छ ।
गत वर्षको छैटौँ सिएसआइटी प्रतियोगितामा पनि न्यु समिट र सगरमाथा कलेज फाइनल पुगेका थिए । फाइनलमा सगरमाथा कलेजले जितेको थियो ।