अस स्टडिज सातौँ सी.एस.आई.टि क्रिकेट प्रतियोगिताको क्वार्टर फानलका खेलहरुको आज दोस्रो दिनको दोस्रो खेलमा अमृत साइन्स क्याम्पसले हिमालय कलेज अफ इन्जिनियरिङ कलेजलाई ६ विकेटले जितेको हो ।
पुलचोक मैदानमा बिहान ११ बजे देखि सुरु भएको उक्त खेलमा टस जितेर ब्याटिङ सम्हालेको हिमालय कलेजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन जोड्न सफल रह्यो ।
जवाफी ब्याटिङमा उत्रिएको अमृत साइन्स क्याम्पसले १७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । खेलको उत्कृष्ट खेलाडी अस्कल क्याम्पसको तर्फबाट अनुराग घिमिरे रहे जसले २६ बलमा ४४ रनको लक्ष्य योगदान गरेका थिए ।
खेलको अम्पाएरमा रविन्द्र गुप्ता र धर्म सुन्दर शाक्य, त्यस्तै स्कोररमा अङ्कित गुप्ता सिंह रहेका थिए ।
सेमिफाइनलमा अस्कल क्याम्पसले भोलि बिहान ११ बजे आयोजक सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी सँग भिड्दै छ ।