अस स्टडिज सातौँ सी.एस.आई.टि क्रिकेट प्रतियोगिताको छैटौँ दिनको पहिलो खेल आयोजक सगरमाथा कलेज विरुद्ध सेन्ट लरेन्स बिचको खेलमा आयोजक सगरमाथा कलेजले भारी अन्तरले जित हासिल गरेको छ ।
टस जितेर ब्याटिङ सुरु गरेको सगरमाथा कलेजले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २१३ रन ल्याउन सफल भयो । सगरमाथा कलेजका तर्फबाट प्रशान्त यादवले ५१ बलमा ८३ ल्याउन सफल भए भने खेलका उत्कृष्ट खेलाडी समेत भएका सगरमाथा कलेजका रेशभ जङ्ग कार्कीले २५ बलमा ५१ रन सङ्गै २ विकेट लिन सफल रहे । त्यस्तै २१४ रनको टार्गेट पाएको सेन्ट लरेन्स कलेज सबै विकेट गुमाउँदै ६५ रनमा मात्र सीमित रहन पुग्यो ।
त्यस्तै आजै भएको दोस्रो खेल भक्तपुर बहुमुखी क्याम्पसका विरुद्ध पाटन बहुमुखी क्याम्पसले जितेको छ ।टस जितेर ब्याटिङ रोजेको पाटन बहुमुखी क्याम्पसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रनको लक्ष्य भक्तपुर बहुमुखी क्याम्पसलाई दिएको थियो ।
लक्ष्यलाई पछ्याने क्रममा भक्तपुर बहुमुखी क्याम्पसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १२३ रन मात्र ल्याउन सफल भयो तर जितका लागि पर्याप्त रहेन । खेलका उत्कृष्ट खेलाडी ४६ बलमा ६३ रन ल्याउने पाटन कलेजका निर्मल लुइँटेल भए ।
प्रतियोगितामा भोलि देखि क्वार्ट्रर फाउनलका खेलहरू सुरु हुने आयोजकले जनाएको छ । भोलिको पहिलो खेल न्यु समिट कलेज र एकेडेमिया कलेजको छ भने दोस्रो खेल आयोजक सगरमाथाका विरुद्ध पाटन बहुमुखी क्याम्पसले खेल्ने छ ।
प्रतियोगिताको अफिसियल मिडिया पार्टनर सल्लेरी खबर रहेको छ ।