Logo

सल्यानको बाँफुखोला देखी भारतको सिम्ला सम्म बस सञ्चालन



Spread the love

सल्यान रुकुम यातायात व्यवसायी समितिले सल्यानको बाँफुखोला देखी भारतको सिम्ला सम्म सिधा बस सञ्चालन गरेको छ । समितिका अध्यक्ष तथा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले रिबन काटेर सल्यान देखी सिम्ला सम्मको नियमित बस सेवाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले समयको माग र जनताको चाहानालाई मध्यनजर गर्द्वै पछिल्लो समयमा सल्यान रुकुम यातायात व्यवसाय समितिले सल्यान देखी भारतको सिम्ला सम्म यात्रुवाहक सुपर डिलक्स बस सञ्चालन गरेको बताए । उनले आरामदायी एवम् सुरक्षित यात्राको लागी आफ्नो समितिले कुनै पनि कसर बाँकी नराख्ने बताए । उक्त सेवाले भारतको सिम्ला लगायतका भूभाग र सल्यान, रुकुम, रोल्पा, दाङको सम्बन्धलाई नजिक गराएको बताए ।

प्रत्येक साताको शुक्रवार मध्याह्न १२ बजे सल्यानको बाँफुखोला दोभान बजारबाट गाडी छुट्ने समितिका डाइल इन्चार्ज सोभाकर थापा (सुनिल)ले सल्लेरी खबरलाई बताए । सल्यान बाँफुखोला देखी भारतको सिम्ला सम्म ३ हजार ८ सय २६ रुपैयाँ भाडा समितिले निर्धारण गरेको उनले बताए ।

शुक्रवार पहिलो पटक सल्यान रुकुम यातायात व्यवसायी समितिको ना ४ ख ७४०४ नम्बरको सुपर डिलक्स बस सल्यान देखी भारतको सिम्लाका लागी छुटाइएको हो । यदि समितिको सेवामा कतै केही कुराको कमी देखिए समितिमा जानकारी गराउन यात्रुहरूलाई अध्यक्ष बुढाथोकीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्