Logo

विश्वकै पहिलो खर्बपति बिल गेट्स हुँदै



Spread the love

bil-gates

माइक्रोसफ्टका संस्थापक बिल गेट्स अबको २५ वर्षपछि पहिलो खर्बपति हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ । अनुसन्धानमूलक फर्म अक्सफाम इन्टरनेसनलका अनुसार आगामी २५ वर्षको अवधिमा बिल गेट्स ८६ वर्षको उमेरमा खर्बपति हुन सक्ने जनाएको छ ।

हाल गेट्सको सम्पत्ति ८४ अर्ब अमेरिकी डलर भएको फोब्र्सले देखाएको छ । २००९ देखि वार्षिक ११ प्रतिशतका आधारमा बिल गेट्सको सम्पत्ति बढ्ने अक्सफामले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

२००६ मा गेट्सको सम्पत्ति ५० अर्ब डलर भएको अक्सफामले जनाएको छ । २०१६ मा उनको सम्पत्तिमा वृद्धि भएर ७५ अर्ब डलर पुगेको फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्