Logo

दोस्रो दिनसम्म आइपुग्दा सगरमाथा, न्यु समिट र अमृत साइन्स क्याम्पस विजय



Spread the love

अस स्टडिज सातौँ सी.एस.आई.टि क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल पाटन बहुमुखी क्याम्पसका विरुद्ध न्यु समिट कलेजले जितेको छ ।

वर्षाका कारण खेल ढिला सुरु हुन पुगेको थियो । खेल मध्याह्नको १ बजे देखि सुरु भएको थियो भने खेलमा ओभर आठमा झारिएको थियो ।

टस जितेर फिल्डिङ् रोजेको पाटन बहुमुखी क्याम्पस विरुद्ध न्यु समिट कलेजले खेल ६ रनले जित्न सफल भयो । खेलको उत्कृष्ट खेलाडीमा न्यु समिट कलेजका सागर क्षेत्री भए जसले २ ओभरमा २२ रन खर्चिएर २ महत्त्वपूर्ण विकेट लिन सफल भए ।

न्यु समिट कलेजले निर्धारित आठ ओभरमा ५ विकेटको क्षतिमा ६२ रन ल्याउन सफल भएको थियो ।

यो अङ्कलाई पछ्याउँदै पाटन बहुमुखी क्याम्पसले निर्धारित आठ ओभरमा ६ विकेट गुमाउँदै ५६ रनमा सीमित रह्यो ।

त्यस्तै आजै भएको दोस्रो खेल समृद्धि कलेजका विरुद्ध अमृत साइन्स क्याम्पसले जितेको छ । साइन्स क्याम्पसले खेल २६ रनले जितेको हो । खेलका उत्कृष्ट खेलाडी अनुराग घिमिरे भए जसले ११ बलमा ६ चौकाको मद्दतले २९ रन ल्याउन सफल भए ।

टस जितेर फिल्डिङ्ग रोजेको समृद्धि कलेजलाई निर्धारित ५ ओभरमा साइन्स क्याम्पसले एक विकेट गुमाउँदै ५५ रन हानेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको समृद्धि कलेजले निर्धारित ५ ओभरमा ४ विकेट गुमाउँदै २८ रन मात्र ल्याउन सफल भएपनी जितका लागि अपर्याप्त रह्यो ।

हिजो भएको अस स्टडिज सातौँ सी.एस.आई.टि क्रिकेट प्रतियोगिताको पहिलो खेल आयोजक सगरमाथाका विरुद्ध एकेडेमिया कलेजमा आयोजक सगरमाथा कलेजले ५९ रनको भारी अन्तरले जित हासिल गरेको थियो । उक्त खेलामा उत्कृष्ट खेलाडी आशिक बि.के. भएका थिए ।

त्यस्तै हिजै भएको दोस्रो खेल हेन्री फोर्ड र हिमालय कलेज अफ ईन्जिनियरिङ्गमा वर्षाका कारण खेल बराबरीमा टुङ्गो लगाइएको थियो । दुवै कलेजले समान एक एक अङ्क बाँडेका थिए ।

अब भोलि हुने खेलमा बिहान आठ बजे सेन्ट लरेन्स कलेजका विरुद्ध एकेडेमिया कलेज छ । खेल पुलचोक मैदानमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्