बाटिका इन्टरटेन्मेन्ट र जनता टेलिभिजनको संयुक्त आयोजन रहेको ‘मिस्टर एण्ड मिस नेपाल आइकन २०१९’को उपाधी बिनायक पाेखरेल र सपना भण्डारीले जितेका छन् ।
नेपाल मै पहिलोपटक रियालिटी शोको फर्म्याटमा आयोजना गरिएको यस प्रतियोगितामा माैसम भट्टराई र अलिशा शंकर द्वतिय भए भने मुकेश कडेल र साधना खड्काले तृतिय स्थान ओगट्न सफल भएका छन् । बिजेताद्धयले ५०–५० हजार नगदसहित ४० इन्चको स्मार्ट टेलिभिजन, पेन्टागन कलेजमा बिएसडब्लुमा पूर्ण छात्रवृतिसहित विभिन्न उपहार प्राप्त गरेका छन् ।
मिस नेपाल २००० उषा खड्गीको करियोग्राफी रहेको उक्त प्रतियोगिताको फाइनलमा मिस नेपाल २०१७ निकिता चण्डक, मिष्टर नेपाल २०१६ गणेश अग्रवाल, इन्टरनेसनल इभेन्ट अर्गनाइजर तथा कलाकार अभिसेक कपुर, कलाकार सनि रौनियार, मिष्टर एसएलसी २०१७ मनिस अधिकारी, समाजसेवी रेनु श्रेष्ठ लगायत निर्णयकका रुपमा रहेका थिए ।
प्रतियोगितामा विभिन्न १७ क्याटगोरीमा सबटाइटल अवार्ड बितरण गरिएको थियो । मनोज ढुँगाना, स्याम धिताल, राकेश खत्रिको म्यनेजमेन्टमा सम्पन्न प्रतियोगिताको फिनाले होटल मल्लमा आयोजना भएको थियो । कार्यक्रममा हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती, जनता टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक डा. रमेश पौडेल, वरिष्ठ पत्रकार पोषण केसी सहितका अथितिहरुको सहभागिता रहेको थियो ।