भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले धमाका मचाईरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रमको हिजोको शोमा प्रितम आर्चायले चार्टबस्टर प्रस्तुती दिएका छन् । उनले किशोर कुमारको आवाजमा रहेको गीत ‘बचना ए हसिनो’ गीत गाएका थिए । प्रितमले दिएका प्रस्तुतीहरुमा मेघा अडिसन राउण्डमा दिएको ‘सन्देशे आते है झै’ उत्कृष्ट प्रस्तुती दिए । उनले जज , जुरी मेम्बर र टोटल धमाल फिल्मका युनिटबाट स्ट्याण्डिङ ओभिएसन समेत पाएका थिए ।
उनले जुरी मेम्बरबाट सय प्रतिशत नम्बर लिएर आए । जज ऋचा शर्मालाई पनि प्रितमको पालामा नेपाली टोपीमा देखिने गर्छिन् । सुरशाला जुनियर आइडलको उपविजेता समेत रहेका प्रितम कक्षा ६ मा अध्ययनरत छन् ।
ईटहरीका प्रितमको हिजोको प्रस्तुतीबाट बलियो प्रतियोगीको रुपमा देखिएका छन् । उता प्रितमसंगै अर्का नेपाली बालक सिन्धुपाल्चोकका आयुष केसीले पनि शोमा धमाका मच्चाईरहेका छन् । उनीहरुको प्रस्तुतीबाट भारतीय तथा नेपाली दर्शकहरु पनि उत्साहित देखिएका छन् भने नेपालीहरुको अद्भुत कला देखेर जजहरु समेत दंग छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्: