कश्मिर पुलवा घटनाको कारण बिवादमा आईरहेको पाकिस्तानले नेपालमा आयोजना हुन लागेको पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागीता नजनाउने भएको छ । यही फागुन २८ देखि चैत ८ गतेसम्म बिराटनगरमा आयोजना हुन लागेको च्याम्पियनसिपमा सहभागी नहुने भएको हो । च्याम्पियनसिपमा सहभागी हुने अन्तिम समय शनिबारसम्म रहेको तर पाकिस्तानले सहभागीताको लागि कुनै पनि चासो नदिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
सन् २०१४ को साफ आफैले आयोजना गरेको पाकिस्तानले यसअघि सन् २०१६ मा पनि अन्तिम समयमा सहभागीता नजनाउने निर्णय गरेको थियो । सन् २०१० मा सेमिफाइनल पुगेको पाकिस्तान त्यसपछिको संस्करणको समूह चरणबाट बाहिरिएको छ । यस समूहमा आयोजक नेपाल, भुटान र बंगलादेश छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्