भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले सहभागीता जनाईरहेका छन् । ईटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले शोमा नेपालको नाम चम्काईरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको आजको एपिसोडमा १२ बर्षीय आयुष केसीले आफनो धमाकेदार प्रस्तुती दिएका छन् ।
उनले कुमार सानुको आवाजमा रहेको कुछ ना कहो बोलको गीत गाएका थिए । उनको प्रस्तुती निकै सुमधुर थियो ।जजहरु अमाल मलिक , सान र ऋचा शर्माले प्रशंसा गरेका थिए ।
सुरशाला आइडलका बिजेता समेत रहेका आयुष भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा अध्यनरत रहेका छन् । उनी संगित भनेपछि सानैबाट भुतुक्क हुने गर्थे । आयुष चर्चित गायक अमृत क्षेत्रीका संगितका शिष्य । शोमा अन्य भारतीय प्रतियोगीहरु निकै प्रतिभाशाली रहेका छन् त्यसैले आयुषका लागि शोको यात्रा सहज भने हुने छैन ।भोली अर्का प्रतियोगी प्रितम आचार्यले आफनो प्रस्तुती दिनेछन् ।
“https://www.youtube.com/embed/0sFR9TxXkCA”