चर्चित गायक पशुपति शर्माको ‘लुट्न सके लुट, नेपालमै हो छुट’ बोलको गीतमा अघोषित रुपमा सरकारले प्रतिबन्ध लगाएपछि अहिले गीतको पक्ष र विपक्षमा बहस भइरहेको छ।
लोकप्रिय गायक पशुपति शर्मा आफैमा चर्चित गायक हुन ।‘लुट्न सके लुट…’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा ।देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट…’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ । सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा शर्माले भने ‘स्व–इच्छा’ले भनेका छन् ।
दर्शक तथा श्रोताहरुलाई नचाउने मात्र होईन देशमा देखिएका बिकृती र बिसंगतिका बारेमा गीत गाउँदै आएका गायक हुन् । तर यस पटक उनले गाएको गीत लुट्न सके लुट कान्छाले देशमा मात्र होईन बिदेशमा पनि चर्चाको बिषय बनेको छ । नेकपाका नेता तथा तत्कालिन एमालेका कार्यकर्ताहरुको दबाबपछि पशुपतिले उक्त गीत युट्युवबाट हटाए । उनले सो गीत युट्युवबाट के हटाएका थिए उनी झनै महाहिट भए ।
अलजजिराले धम्कीपछि ‘नेपाली गायकले युट्युबबाट हटाए भ्रष्टाचारको गीत’ शीर्षकमा समाचार प्रकाशित गरेको छ।
सामाजिक सञ्जाल खोल्नै हुन्न उनकै गीत आउछ । अब त अब पशुपति बिदेशी मिडियामा समेत खबर बनेका छन् । कतारको चर्चित मिडिया अलजजिराले भ्रष्टचारसम्बन्धी गीत गाउँदा कम्युनिष्ट सरकारले गीत हटाउन बाध्य पारिएको भनेर समाचार नै प्रकासनमा ल्याएको छ । अलजजिराले सरकार निकट युवा संगठनले गायकलाई धम्की दिएकोले गीत हटाउन बाध्य भएको उल्लेख गरेको छ ।