Logo

डिभाइन युथ क्लव नेपालको ह्याप्पीनेस क्याम्प सम्पन्न



Spread the love

के.आर. पुरी आकाश

डिभाईन युथ क्लब नेपालको आयोजनामा श्याम श्याम धाम, ठिमी, भक्तपुरमा ३ दिने युथ स्प्रिचुवल ह्याप्पीनेश क्याम्प सम्पन्न भएको छ ।
फाल्गुन २ गते योग अभ्यासबाट सुरु भएको उक्त क्याम्पको औपचारिक उद्घाटन माननीय युवा तथा खेलकुद मन्त्री जगत् बहादुर विश्वकर्माले गर्नुभएको थियो ।

१५ देखि ४० वर्ष उमेरका विभिन्न जिल्लाबाट करिब ५०० युवाहरूले सहभागिता जनाएको उक्त क्याम्पमा विभिन्न ख्यातिप्राप्त विज्ञहरूद्वारा विविध विषयमा प्रशिक्षण दिइएको थियो भने सामाजिक सेवा अन्तर्गत रक्तदान कार्यक्रम, हनुमन्ते सरसफाइ अभियान, निःशुल्क मुटु रोग परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै क्याम्पमा सहभागी युवाहरूलाई जगद्गुरु श्री कृपालु जी महाराजद्वारा प्रणित पद एवं रसमय संकिर्तनकी साधिका तथा श्री राधा माधव समिति नेपालकी अध्यक्ष आदरणीय सङ्गीता दिदीले ध्यान युक्त साधना एवं संर्कितन गराउनुभयो साथै युवाहरूलाई परिवार समाज एवं राष्ट्र प्रतिको दायित्वबोध गराउँदै आ आफ्नो स्थानमा गई सेवामूलक कार्यहरूमा जुट्न र सत्मार्गमा लाग्न प्रेरित गर्नुभएको थियो ।

विभिन्नप्रदेशबाटसहभागीयुवाहरुलेआआफ्नोप्रदेशकोसंस्कृतिझल्काउनेनृत्यएवंगायनपनिप्रस्तुतगरकोथिएभने विविध लीला झाँकी पनि प्रस्तुत गरेका थिए । त्यसैगरि सहभागी बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो । त्यस्तै विपद व्यवस्थापन सम्बन्धमा रेडक्रसद्वारा नाटक मञ्चन सहित अभिमुखीकरण, सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धमा महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट प्रशिक्षण दिइएको थियो ।

क्याम्पमा सल्यानबाट सहभागिता जनाएपश्चात् हरिशरण लामिछानेले कार्यक्रममा मुख्यतया आँफुमा सकारात्मक भावनाको सञ्चार भएको र शारीरिक, मानसिक एवं सामाजिक क्षेत्रमा अघि बढ्न प्रेरित गरेको अनुभव बताउँछन् त्यस्तै अर्का डोटीका सहभागी अनिता खड्काले दैनिक जीवन यापनमा तनाव व्यवस्थापन गर्नमा फलदायक भएको, साथै कर्मयोगको शिक्षा प्राप्त गरेको महसुस भएको बताउनुहुन्छ ।

कार्यक्रममा सहभागिता पश्चात् युवाहरूमा सकारात्मक चिन्तनको विकास हुनको साथै समाज सेवा र अध्यात्ममा जुट्न नयाँ उजाँको सञ्चार भएको बताउँदै क्लबका अध्यक्ष उत्सव पाण्डेले आगामी दिनमा पनि युवाहरूको लागि यस प्रकारका शिविर एवं सामाजिक कार्यमार्फत समाज र राष्ट्रसिवामा समर्पित गराउन निरन्तर रूपमा कार्यक्रम सञ्चालन गर्ने र यस कार्यक्रममा हातेमालो गर्न सम्पूर्ण युवाहरूलाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्