फाल्गुन ३ र ४ गते किन्डरगार्टेन स्कुलकाे प्राङ्गणमा सम्पन्न प्रथम मनमैजु जुनियर अन्तर स्कुल उसु प्रतियोगिता मा ९ स्वर्ण ६ रजत र ७ कास्य पदक हात पारी किन्डरगार्टेन स्कुल टिम च्याम्पियन बन्न सफल भएकाे छ।
किड्स लर्निङ स्कुले ५ स्वर्ण ४ रजत र ७ कास्य पदक सहित दाेस्राे स्थान हात पारेकाे छ भने ४ स्वर्ण ५ रजत र ७ कास्य सहित ग्रिनफिल्ड स्कुल तेस्राे भएकाे छ। उक्त प्रतियोगितामा उपत्यकाका ८ विद्यालयहरुकाे सहभागीता रहेकाे थियाे । उक्त प्रतियोगिताकाे उद्घाटन तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बाेहरा ज्युकाे हातबाट भएकाे थियाे भने समापन किन्डरगार्टेन स्कुका प्राध्यापक तिर्थ महर्जन ज्यु बाट गरियाे ।
उक्त प्रतियोगितामा थाउलु तर्फ किन्डरगार्टेन स्कुलका राजकुमार तामाङ्ग तथा द एक्सल स्कुलकि मारिया राईले उत्कृष्ट पुरुष तथा महिलाकाे उपाधि हात पारे भने सान्साै तर्फ ग्रिनफिल्ड स्कुलका विशाल अाले मगर तथा टाईम्स स्कुलकि स्मारिका न्याैपाने उत्कृष्ट हुन सफल भए । त्येसै गरि टाईम्स स्कुलकि सेविका राना मगर र कन्चन सेकेण्डरी स्कुलका स्वरुप बल उदयमान खेलाडीका रुपमा सम्मानित भए । मनमैजु उसु क्वानका सस्थापक श्री राजु महर्जले यस्ता प्रतियोगिता गर्न सबैले एकजुट भएर लाग्नु पर्ने बताउनु भयाे भने प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयाेग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियाेगिताले खेलाडीहरुकाे मनाेवल बढाउने हुदा मनमैजु उसुक्वानका प्रशिक्षक विश्व बुढामगरले सबै ले यस्ताे प्रतियाेगिताहरु अायाेजना गर्न सुझाव दिनुभयाे ।