Logo

गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो, यस्तो रहेछ कारण ?



Spread the love

चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नयाँ गीत ‘ लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारीक युट्‍युब च्यानलमार्फत सार्वजनिक गरेका थिए ।

Image result for ‘लुट्न सके लुट् कान्छा..‘ गीत

गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको २ दिनमै युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा बिहिवार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा ९ औं नम्बरमा परेको थियो ।

देशमा चलिरहेको भ्रष्टाचार , हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका थिए । उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका छन्।

गीतमा प्रयोग भएको केही शब्द विवादमा तानिएपछि उनले समाजिक सञ्जालमार्फत असन्तुष्टि देखिएका शब्दहरुलाई परिमार्जन गर्ने बताएका छन् ।

गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन र छायांकनको काम पनि दुर्गा पौडेल आफैले नै गरेका छन्। यसको सम्पादन नबिन घर्ती मगरले गरेका हुन्।

उक्त गीतमा गायक पशुपती शर्मा, गायिका मञ्जु विक र प्रज्योल भण्डारीको अभिनय रहेको छ । गीतमा शब्द अनी संगीत पनि गायक शर्माको आफ्नै रहेको छ।

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका थिए ।

उनले गीत हटाएको विषयमा फेसबुकमा लेखेको स्टाटस  यस्तो छ : 

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !

हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

धन्यवाद ।
पशुपती शर्मा

यस अघि ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीत सरकारको लागि टाउको दुखाइ बनेको समाचारहरु पनी आएको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्