सरकारले पानी जहाज चलाउन कार्यालय स्थापना गर्ने भएको छ। विहिवार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’ को उद्घाटन गर्दैछन्।
पानीजहाजको कार्यालय एकान्तकुनामा हुने भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए । गत माघ ३ गते बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो । त्यसको करिव चार सातापछि कार्यालय स्थापना गर्न लागिएको हो ।
मन्त्रीपरिषदको बैठकले कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको छ ।उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी रहनेछन् । कार्यालय प्रमुखलाई रजिष्टारको पद दिईएको छ । कार्यालय फष्ट क्लासको मेकानिकल इन्जिनियरले नेतृत्व गर्ने सचिव अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्