Logo

बर्षा-संजोगले गरे इन्गेज्मेन्ट (फोटोफिचर )



Spread the love

करिब ६ बर्षदेखि प्रेम सम्बन्धमा रहेका नायिका बर्षा राउत र नायक संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् । फागुन २ गते प्रेम दिवसका दिन बिवाह गर्ने तयारीमा रहेका बर्षा संजोगले सोमबार दुबै जनाको परिवारका सदस्यको उपस्थितीमा एक अर्कासंग औँठी साटासाट गरेका हुन् । इन्गेज्मेन्टको तस्बिर सार्वजनिक गर्दे दुबै जनाले प्रेमभावपुर्ण शब्दमा लेखेका छन् “हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ” उनीहरुले आफुहरुको नामबाट संयुक्त नाम पनि राखेका छन् सन्सा ।

फिल्मको अडिसनको क्रममा एक अर्कालाई भेटेका उनीहरुको त्यहीबाट नजिकको सम्बन्ध बनेको थियो । म्युजिक भिडियो हुँदै नाई नभन्नू ल ४ बाट डेब्यु गरेकी बर्षा अहिले सिनेमा क्षेत्रकी चर्चित अनि व्यस्त नायिकामा पर्छिन् । संजोग फिल्ममा कम व्यवसायमा बढि ध्यान दिन्छन् ।

बर्षा र संजोगले ठुलो पर्दामा भने शिव श्रेष्ठको फिल्म एउटा यस्तो प्रेम कहानी जोडी भई काम गरेका छन् । जुन रिलिज हुने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्