भारतीय गायन रियालिटी शो ‘सारेगमप’ मा नेपाली बालक प्रितम आचार्यले धमाकेदार प्रस्तुती दिएका छन् । उनले आफनो गायनबाट जज र जुरीबाट वाह्वाही पाएका छन् ।भारतीय गायन रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ ।तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् ।
प्रितमले बोर्डर फिल्म सन्देशा आते है गीत गाउँदा जज र जुरीहरुको मन जित्न सफल भएका हुन्। उनले जज र जुरीहरुको मन मात्र जितेन ,उनले सम्पूर्ण नेपालीहरुको पनि मन जित्न सफल भएका छन्।११ बर्षीय प्रितमले गीत गाउँदा जज तथा जुरीले उचालेरै उनको थप हौसला बढाएका थिए ।
जजमध्यकी एक ऋचा शर्माले प्रितमकै लागि सारेगमपको मन्च भएको बताएकी थिईन् । यसैगरी अर्का जज अमाल मल्लिकले प्रितमको आवाज सुनेर रोएको बताए । उनले भने “म कमै मान्छेको स्वरमा रुने गर्छु तर तिमीले गाएको सुनेर १५ सेकेण्डमा नै मेरो आँखामा आसु आयो” । उनले जजबाट गोल्डन मेटल नै जितिसकेका छन् ।
कार्यक्रम प्रसारण हुनु भन्दा अघि नै प्रितमले गाएको उक्त गीत र प्रोमो सामाजिक सञ्जालमा निकै भाईरल भएका थिए ।
हेर्नुहोस् भिडियो: