पश्चिमी वायुको प्रभावले यतिबेला देशभर चिसो बढेको छ । देशको अधिकांश क्षेत्रमा बर्षा भईरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात पनि भईरहेको छ । गत बुधबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर भईरहेको बर्षा भोली अर्थात आईतबारबाट रोकिनेछ । मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार भोलीबाट देशैभर मौसम सफल रहनेछ ।
पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि दिउँसोदेखि मौसम सफा हुने मौसमविद् पौडेलको भनाई छ । काठमाडौं उपत्यकामा पनि बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएको र बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ । मौसम सफल भएसंगै गर्मीको पनि महसुस हुने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्