Logo

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी



Spread the love

जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका थिए।

उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिए । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गरेको उनले उल्लेख गरे।

उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गरेका थिए ।(रासस)

प्रतिक्रिया दिनुहोस्