प्रेम जोडीका लागि फेब्रुअरी विशेष महिना हो । यस महिनाको एक हप्तालाई ‘भ्यालेन्टाइन्स विक’का रूपमा मनाउने गरिन्छ । भ्यालेन्टाइन्स विकको सुरुवात ‘रोज डे’बाट सुरु हुन्छ । गुलाबलाई प्रेमको संकेतका रूपमा लिइन्छ । फरक–फरक रङका गुलाबको अर्थ पनि फरक–फरक छन् । रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ भने पहेँलोलाई साथी, पिंक वा पिचलाई प्रशंसा र सेतो गुलाबलाई सम्बन्धको प्रतीक मानिन्छ । त्यसैले तपाईं कसैसँग प्रेम गर्नुहुन्छ भने रातो गुलाब दिन सक्नुहुन्छ ।आज पहिलो दिन ७ फेब्रुअरी रोज डे ।
आज आफ्ना प्रेमीहरुलाई गुलाफ साटासाट गरेर प्रेम साटासाट गर्दै मनाउने गर्दछन् । आज आफूले माया गर्ने र मनपराउने ब्यक्तिलाई गुलाफको फुल सँगसँगै रोमान्टिक सायरीहरु एक आर्कामा आदान प्रदान गरेर आफ्नो सम्वन्धलाई प्रगाढ बनाउन सकिन्छ । तपाई पनि मनाउने होईन त भ्यालेन्टाईन विकको पहिलो दिन रोज डे ?