आइसेक ईन काठमाडौँ द्वारा चाइनिज नयाँ वर्षको अवसरमा ग्लोबल भिलेज काठमाडौँले आशा माध्यमिक विद्यालयमा हिजो सम्पन्न गरेको छ । विभिन्न देशहरू बिच संस्कृति साटासाट गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्रदेश ३, काठमाडौँ क्षेत्र न. १ का प्रदेश सांसद गणेश दुलाल रहेका थिए भने विशेष अतिथिहरूमा आइसेक इन नेपालका निर्वाचित अध्यक्ष अभिषेक भोइटे र उपाध्यक्ष सुदिपन मल्लिकले रहेका थिए ।
कार्यक्रमको सभापति भने आइसेक इन काठमाडौँकी निर्वाचित अध्यक्ष अभिनी दीक्षितले गरेकी थिइन । चाइना, ताइवान, इन्डोनेसिया, पोर्चुगल, इन्डिया आदि देशका विद्यार्थीहरूले आफ्नो मौलिक संस्कृति झल्किने पहिरन र आफ्नो देशको प्रदर्शन गरेका थिए । सबै देशका गरी १७ जना विदेशी विद्यार्थीहरूको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि गणेश दुलालले यसरी अर्को देशमा गएर स्वयं सेवा गर्नाले अरूको संस्कृति पनि सिकिने र आफ्नो रहनसहन पनि अरूलाई सिकाइने हुनाले यसले बालबालिकामा सकारात्मक प्रभाव पार्ने बताए ।
कार्यक्रममा सहभागीहरू सबैले आफ्नो संस्कृति झल्कने पहिरन लगाएका थिए भने विभिन्न खेल, सान्स्कृतिक कार्यक्रम, विदेशी विद्यार्थीहरूको प्रदर्शन आदि मुख्य आकर्षक रहेका थिए ।