आइसेक नेपालले आज देश व्यापी रूपमा १३ ओटा विद्यालयहरूमा विश्वकै सबै भन्दा ठुलो शिक्षा दिएको छ । वर्ल्ड लार्जेस्ट लेसन नामक उक्त ईभेन्ट आज नेपाल भरी नै सम्पन्न भएको हो । ४० जना आइसेक मेम्बरहरूले १३ ओटा स्कुलमा गई ८०० भन्दा बढी विद्यार्थीहरूलाई उक्त शिक्षा दिएका हुन । संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्य अनुरूप १७ ओटा दिगो विकासका लक्ष्य सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखेको छ । त्यही परियोजना अन्तर्गत ईन्टरनेशनल आइसेक संयुक्त राष्ट्रसंघको सहकार्यमा वर्ल्ड लार्जेस्ट लेसन ईभेन्ट विश्वभर नै हुने गर्दछ ।
आज नेपाल भर भएको वर्ल्ड लार्जेस्ट लेसनमा १३ ओटा विद्यालय सहभागी भएका थिए । उक्त विद्यालयहरूमा कुलेश्वर आवास माध्यमिक
विद्यालय, अङ्कुर बिधाश्रम, सन् साइन स्कुल, लुम्बिनी बिगिनर्स एकेडेमी, न्यु सुम्निमा ईङ्लिश स्कुल, सेन्ट पाउल स्कुल, मर्सी मिसन एकेडेमी, नाइटेङ्गल बनेपा, ए.जे. स्कुल भक्तपुर, सम्तलुम बनेपा, मारिया मोन्टेश्वरी, लिट्टल बुद्ध भैरहवा र सपाइन ईन्टर्नेशनल रहेका थिए ।
आइसेक इन नेपालको आयोजनामा भएको आजको देशव्यापी कार्यक्रममा विद्यार्थीहरूको उल्लहासमय सहभागी रहेको थियो । विद्यार्थीहरूले थाहा नै नपाई दिगो विकासका लक्ष्यहरूलाई सघाइ रहेको तर उनीहरूलाई महसुस नै नभएको कुरा व्यक्त गरेका थिए । आजको कार्यक्रमले उनीहरूमा पृथ्वीको लागी आफूले पनि केही योगदान गरेको आभास भएको थुप्रै विद्यार्थीहरूले जानकारी दिए ।
आइसेक नेपालका अध्यक्ष अभिषेक भोइटेले ९० मिनेटको आजको वर्ल्ड लार्जेस्ट लेसनले विद्यार्थीहरूमा कसरी दिगो विकासका लक्ष्यलाई उनीहरूले मद्दत गर्न सक्दछन् त भन्ने कुरा सिकेको र यो सुन्दर भविष्य, सुन्दर नेपालका लागी धेरै महत्त्वपुर्ण रहेको बताए ।