Logo

मिर्गौला पीडित गायत्री तामाङलाई २ लाख सहयोग



Spread the love

मेलम्ची नगरपालिका वडा नं १२ गिरानचौरमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माण गरिएको गिरानचौर एकीकृत नमुना बस्तीका हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने धन बहादुर तामाङको नेतृत्वमा अमेरिकामा रहेका नेपालीहरू बाट सहयोग रकम उठाएर मिर्गौला पीडित गायत्री तामाङलाई २ लाख १ सय पन्ध्र रुपैयाँ सहयोग गरिएको छ ।

पीडितलाई सहयोग रकम हस्तान्तरण

 

 

 

 

 

 

 

 

 

 

 

 

धन बहादुर तामाङको नेतृत्वमा सो रकम मेलम्ची नगरपालिका १२ वडा अध्यक्ष राम ब तामाङलाई हस्तान्तरण गरिएको हो ।

मेलम्ची नगरपालिका वडा नं १२ गिरानचौरकी गायत्री दुवै मिर्गौला फेल भई दुई वर्ष देखि जीवन मरणको सँघारमा छिन । मिर्गौला प्रत्यारोपणको लागी आवश्यक खर्च जुटाउन नसक्दा उनको परिवार अरूको आसमा बसेको थियो ।

धन बहादुर तामाङ

मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचार उपचार गराइरहेकी तामाङको हालसम्म २५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको गायत्रीका श्रीमान मैते तामाङले बताए । २०७३ माघमा रगतमा लाग्ने एक किसिमको रोगबाट बच्न उपचार गर्दा गर्दै गायत्रीको दुवै मिर्गौला फेल हुन पुगेको थियो । चिकित्सकले गायत्रीको मिर्गौला प्रत्यारोपण गर्ने मिल्ने बताएका छन् । मिर्गौला प्रत्यारोपणपछि गायत्रीले नयाँ जीवन प्राप्त गर्नेछिन् । मिर्गौला प्रत्यारोपणका लागि २५ लाख जति लाग्ने श्रीमान् मैते तामाङले बताए ।

२०७२ साल वैशाखमा आएको विनाशकारी भूकम्पमा परी भत्किएको घर समेत तामाङ दम्पतीले बनाउन सकेका छैनन् । उपचारको लागि सबैले सहयोग गरिदिन श्रीमानले अनुरोध गरेका छन् ।

सहयोग गर्ने ब्यक्तिहरुको नाम 

 

सहयोगको लागि :
लुम्बिनी विकास बैङ्क लिमिटेड नारायणटार, जोरपाटी । खाता नम्बर : ०५४१३०२००१९७८४०००००२
फोन नम्बर : ९८६६८८५९५५

यसअघि सहयोगको अनुरोध गर्दै  सल्लेरी खबरले समाचार सम्प्रेषण गरेको थियो ।

हेर्नुहोस्, यसअघि सहयोगको अनुरोध गर्दै  सल्लेरी खबरले प्रकाशन गरेको समाचार

सहयोगको आशमा मिर्गौला पिडित गायत्री तामाङ

 

प्रतिक्रिया दिनुहोस्