Logo

चेपाङ बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण



Spread the love

मकवानपुर जिल्लाको अति नै विकट ठाउँ राकशिराङ गाउँपालिका वडा न ५ स्थित श्री प्रजा प्रगति प्राथमिक बिद्यालय जिर्खे डाँडाका विद्यार्थी र श्री प्राथमिक बिधालय राकसिराङका गरी १५६ जना विद्यार्थीलाई न्यानो पोसाक ट्र्याक सुट, जुत्ता स्कुल झोला स्टेशनरी सामाग्री तथा खेलकुद सामाग्री वितरण गरिएको छ।

रामेश्वर शर्मा (भुर्तेल) को सम्योजक भुमीकामा ५-६ महिना लगाएर चेपाङ बालबालिकाको लागि शैक्षिक तथा खेलकुद सामाग्री सङ्कलन अभियान मार्फत विभिन्न व्यक्तिबाट आर्थिक सहयोग भएको थियो।

उत्त कार्यक्रममा प्रदेश न ३ का सांसद सन्त ब. चेपाङको प्रमुख आथित्वमा समन्न कार्यक्रम एम.डी. मगरले सञ्चालन गरेका थिए भने मनीषा ब्यन्जन्कार, रिया थापा, सृष्टि बराल, कृष्ण तामाङ, भुवन मोक्तान , राजेन्द्र विष्ट र स्थानीय समाजसेवी लोक प्रजाले कार्यक्रमलाई सहज बनाए। उत्त कार्यक्रममा उपस्थित सदस्यहरूलाई गाउँपालिकाले सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्