Logo

बागचौर नगरपालिका वडा नं.१ को प्रथम वडा अध्यक्षकप सुरु



Spread the love

बागचौर नगरपालिका वडा नं.१ को प्रथम वडा अध्यक्षकप खेलकुद प्रतियोगिता आज शनिवार देखि सुरु भएको छ ।

खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले खेल क्षेत्र राष्टको साझा सम्पत्ति भएको बताएका छन्
। स्थानीय सरकारको जिम्मेवारी भौतिक पूर्वाधारको मात्र विकास गर्ने नरहेेेको उनले बताए । खेलकुद क्षेत्रको बिकासको लागि १२ वटै वडाका खेलाडीहरूलाई लक्षित गरेर विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गराउँदै आएको बताएका छन् ।

उनले बागचौर नगरपालिकाले सिंहदरबारको अधिकार जनताको घर आँगन सम्म पुर्‍याउने उद्देश्यले रचनात्मक काम गर्द्वै आएको बताएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले आगामी दिनहरूमा विकास निर्माणका लागी टुक्रे योजना भन्दा महत्त्वपूर्ण ठुला योजनाहरू छनौट गर्न जनताहरूलाई आग्रह गरेका छन् । विकास निर्माणका कार्यहरूमा राजनीति आग्रह पुर्वाग्रही भन्दा अलग रहेर सिङ्गो वडा,नगर विकासको अभियानमा लाग्नु पर्नेमा मेयर बुढाथोकीको जोड रहेको थियो । बर्षौ देखी खानेपानीको अभावमा पिल्सिएको कोटबेतमा अब छिटै खानेपानी पुर्‍याउने, सबै बडाहरूमा तीव्र रूपले बिधुतिकरण गर्ने, सहिद रिङ्गरोडको स्तर वृद्धि गर्ने, सडक सञ्जाल पुगेका ठाउँहरूमा स्तरबृद्वी गराउने लगायतका अन्य कार्यहरूलाई तीव्रता दिने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि बागचौर नगरपालिका कि उपप्रमुख कल्पना पुनले कुनै पनि कार्यक्रम र योजनाहरूमा औपचारिकता मात्र पुरा गर्नु भन्दा त्यसलाई गुणस्तरियता तिर लैजान सबै लाग्नु पर्नेमा जोड दिएकी छिन् । आफूहरूले नगर भित्रका हरेक योजनाहरूलाई पारदर्शी रूपले सम्पन्न गर्ने गरेको र यसमा अझै ध्यानदिने उनले बताइन । उद्घाटन कार्यक्रममा बोल्दै अर्का विशिष्ट अतिथि बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले खेल क्षेत्र र खेलाडीहरूले राष्ट निर्माणमा टेवा पुर्‍याउने बताए । उनले खेलाडीहरूलाई अनुशासित रूपले खेल खेलेर आफ्नो पहिचान दिन समेत अनुरोध गरेका छन् ।

बागचौर नगरपालिका वडा नं.१ का अध्यक्ष नेत्र बहादुर डाँगीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नं.७ का अध्यक्ष शेर बहादुर घर्ती, ८ का रोमु शाही, ४ का प्रेमबहादुर पुन, ५ का डिल्लीबहादुर वली लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बागचौर नगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलहरू सञ्चालन गरिने छ भने कार्यक्रम माघ २१ गते सम्म सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्