Logo

नेविसंघले गर्‍यो प्रधानमन्त्रीको पुत्ला दहन



Spread the love

नेपाल विद्यार्थी संघ त्रिभुवन बिश्वबिधालय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

कम्युनिष्ट सरकारले नेपाली जनताले दिएको बहुमतको दुरुपयोग गरी एकपछि अर्को गर्दै गलत निर्णय गर्न थालेको भन्दै पुत्ला दहन गरिएको नेविसंघ नेता हिमान्क भण्डारीले सल्लेरी खबरलाई बताए ।

अधिनायकवादी कम्युनिष्ट सरकार, मेडिकल माफिया, बढ्दो महँगी र निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न भन्दै गर्दै प्रदर्शन गरिएको थियो । पुत्ला दहन नेविसंघ केन्द्रीय समितिको परिपत्र अनुसार गरिएको नेविसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्