नेपालले युइईविरुद्धको तीन एकदिवसीय श्रृंखला २-१ ले जितेको छ। पहिलो खेलमा पराजित भएपनि त्यसपछिका दुवै खेल जित्दै नेपालले श्रृंखला आफ्नो पोल्टामा पारेको हो।
आज भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो ।
Nepal claim their maiden ODI series victory! 🇳🇵
A brilliant 115 from captain @paras77 leads the chase as the UAE's 254/6 is overhauled with 32 balls remaining. Nepal win the third ODI by 4 wickets to take the series 2-1!#UAEvNEP scorecard 👇https://t.co/lN6YTquu2s pic.twitter.com/NBQ7TwQZO9
— ICC (@ICC) January 28, 2019
तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर्दै युएईले दिएको २५५ रनको चुनौती पछ्याएको नेपालले ३२ बल अगावै ६ विकेटको क्षतिमा जित निकालेको हो । नेपाललाई २-१ ले श्रृंखला जिताउने क्रममा आजको खेलमा कप्तान पारस खड्का नायक सावित भए । पारस १०९ बलमा ११५ रन बनाएको अवस्थामा एलबीडब्ल्यु धरापमा पर्दै पेभेलियन फर्किए ।
उनले ९६ बलमा सतक प्रहार गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो खेलाडी पनि बने । उनले आफ्नो पारीमा १५ चौका र एक छक्का पनि हानेका थिए ।
आजको खेलमा नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ३५ बलमा ३१ रन बनाएको अवस्थामा आउट भएका थिए । त्यसैगरि अर्का ओपनर वसन्त भण्डारी १७ बलमा केबल ९ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसैगरी दीपेन्द्र सिंह एरी १५ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए ।
युएईका लागि इमरान हैदर र असफाक अहमदले २/२ विकेट लिन सफल भए । मोहम्मद नाविद र क्वादेर अहमेदले समान १/१ विकेट लिएका थिए ।
गत मार्चमा जिम्बावेमा भएको वर्ल्डकप क्वालिफायरपछि चार वर्षको लागि अस्थायी ओडिआई मान्यता पाएको नेपालले यसअघि एक मात्र ओडिआई सिरिज नेदरल्याण्ड्ससँग खेलेको थियो। दुई खेलको उक्त सिरिज १–१ को बराबरीमा सकिएको थियो। पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्समाथि १ रनको रोमात्र्चक जित हात पार्दै ओडिआईमा पहिलो जित दर्ता गरेको थियो। ओडिआईपछि नेपाल र युएईबीच ३ खेलकै ट्वान्टी २० सिरिज पनि हुँदैछ।