प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुने भएको छ ।
विधयकलाई लिएर सदन र सडकमा विरोध भइरहेका बेला सरकारले राष्ट्रिय सभामा विधेयक पेश गर्ने तयारी गरेको हो । आज विहान ११ बजे बस्ने बैठकमा विधेयकलाई कार्यसूचीको पहिलो नम्बरमै राखिएको छ ।
प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५ टेबुल गरिने संसद सचिवालयले जनाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकबाट कांग्रेसको विरोध र नाराबाजीका बाबजुद विधेयक पारित भएको थियो । प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रिय सभाले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै कार्यान्वयनमा आउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्