Logo

विमानस्थलबाटै प्रधानमन्त्री ओलीले भने: केसी अनशनको औचित्य छैन



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डबाट स्वदेश फर्किएका छन् ।स्वीट्जरल्याण्डको डावोसमा भएको विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर ओली आज स्वदेश फर्किएका हुन् ।

फर्किने क्रममै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीले जारी राखेको अनशनको औचित्य नभएको बताएका छन् ।ओलीले भने, “संविधान, कानून र संसद्भभन्दा माथि कोही छैन । सबैले यसको गरिमा र मर्मलाई ख्याल गर्नुपर्छ ।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबिच हिजो मात्रै संसद्बबाट चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।आफूसँग गरिएको सम्झौताका बुँदा तोडमोड गरेर विधेयक पारित गरिएको भन्दै डा. केसीले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै अनशनलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्