Logo

नारायण गोपालको नयाँ धुन फेला , यी गायकलाई गीत गाउँन अनुमती



Spread the love

‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ । स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको छ । त्यही धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ । केही समयअघि फेला परेको उक्त संगीतमा विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालले स्वर दिनेछन् ।

नारायणगोपालका गीत संगीत र उनका अप्रकाशित सामग्रीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेका हुन् । लामाका अनुसार भक्तपुरका एकजना साथीले गुनगुनसहितको संगीत रेकर्ड गरिएको क्यासेट उनलाई दिएका थिए । लामाले नै त्यसलाई एमपीथ्रीमा कन्भर्ट गरेर नयाँ गीत बनाउने योजना बनाएका हुन् ।

नेपाल कला संस्कृति विकास केन्द्रका अध्यक्षसमेत रहेका लामाले उक्त धुन नारायणगोपालको जीवनको पछिल्लो सिर्जना हुन सक्ने अनुमान गरेका छन् । नारायणगोपाल संगीत कोषले गीत रेकर्ड गराउन अनुमति दिएको छ ।यो खबर आजको अन्नपूर्णपोस्टमा प्रकासित भएको छ।

प्रतिक्रिया दिनुहोस्