नेपालमा पश्चिमी वायुको प्रभावले चिसो निकै बढेको छ । बढ्दो चिसोसंगै आज देशैभर मौसम बदली भई अधिकांश भागमा पानी पर्ने भएको छ । शुक्रबार बेलुकीबाट देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी पनि परिरहेको छ । हप्ता भरी नेपालको मौसममा उतारचढाव भईरहेको छ ।
पश्चिमी वायुको प्रभावले आज पनि हिमाली तथा उच्च भेगमा हिमपात हुने र बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज केहीबेर मौसम खुलेपनि फेरि बदली भई पानी पर्नेछ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको विभागले जनाएको छ । आईतबारबाट भने देशभरको मौसममा सुधार आउँने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्