Logo

दाङका अविनास डिसीले जिते एपिक नेपाल म्युजिक अवार्ड



Spread the love

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नारासहित तयार भएको एपिक नेपाल ‘म्युजिक अवार्ड २०७५’ सम्पन्न भएको छ। एपिक नेपाल म्युजिक अवार्डको सर्वोकृष्ट म्युजिक सम्पादक अवार्ड दाङ निवासी अविनास डिसीले जितेका छन् । दाङ निवासी डिसीले लोकदोहोरी अछुत गीतको सम्पादनबाट एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट सम्पादकमा हात पार्न सफल भएका हुन् ।

अवार्ड हात पारेसँगै उनले आफुले जिवनमा गरेको संर्घषको फल प्राप्त गरेको बताएका छन् । उनले संगीतको क्षेत्रमा यो धेरै खुसीको क्षण भएको बताएका छन् । उनले अझै पनि गीत संगीतको क्षेत्रमा निरन्तर संर्घषमै रहने बताए ।

एपिक नेपाल म्युजिक अवार्डमा लोक गीत, पप र लोक पप गीत, तामाङ सेलो, मेंदोमाया, काँठे भाका, देउडा गीत, पूर्वेली भाका साथै दशैँ तिहार विधामा कलाकारहरू सम्मानित भएका थिए । अमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न अवार्ड कुल ६६ विधामा आयोजना गरिएको थियो ।

उक्त अवार्डमा विभिन्न टीभी, रेडियो र पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीहरूलाई एपिक नेपाल कला पत्रकारिताबाट सम्मानित गरिएको थियो । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार , संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्