Logo

सगरमाथासँग सम्बन्धीत १० रोचक तथ्य… केही अविश्वसनिय पनि



Spread the love

५ माघ, काठमाडाैं – समुन्द्री सतह देखि आठ हजार, आठ सय, ४८ मिटर (२९,०२८ फीट) अग्लो सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ ।

सगरमाथालाई बिभिन्न नाम दिने गरेको पाईन्छ । तिब्बती भाषामा यसलाई चोमोलुङ्गमा भन्ने गरिन्छ भने स्थानियबासीहरु (विशेष गरी थुलुङहरु)ले सगरमाथालाई चोमोलुङ भन्दछन् ।

सगरमाथालाई सन १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जोर्ज एभरेष्टको नाममा ‘माउन्ट एभरेष्ट’ नामाकरण गरिएको थियो ।

सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११ः१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

सगरमाथाको बारेका रहेको केही तथ्यहरु यस्ता रहेका छन् :–

१. सगरमाथाको चुचुरोमा पुग्नको लागी १८ अलग अलग बाटोहरु छन् ।

२. २०७२ सालको भूकम्पपछि सगरमाथाको उचाई १ इन्च घटेको छ ।

३. सगरमाथामा चढ्नको लागी यसअघि १५ लाख रुपैयाँ तिर्नु पर्थ्यो भने अहिले लगभग सात लाख मात्र तिर्नु पर्दछ ।

४. सगरमाथाको चुचुरोमा हावाको रफ्तार ३२१ किलोमिटर प्रतिघण्टा सम्म हुनसक्छ ।

५. सगरमाथाको चुचुरोमा तपक्रम –८० डिग्री फोरेनहाइट सम्म हुन्छ ।

६. पछिल्लो ४२ वर्षमा सन् २०१५ बाहेक हरेक वर्ष सगरमाथामा कोही न कोही पुगेका छन् ।

७. सन् २००८ देखी २०११ सम्म सगरमाथामा चलार्ईएको सफाई अभियानमा ४०० किलोग्राम फोहोर निकालीएको थियो ।

८. बि.स. २०१२ मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन् साथै उनले सगरमाथाको स्थानीय नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।

९. सामान्य अवस्थामा सगरमाथाको चुचुरोबाट तल झर्न ३ दिन लाग्छ तर सन् २०११ मा दुई नेपालीहरु प्याराग्लाईडिङको सहायताले ४८ मिनेटमा तल झरेका थिए ।

१०. सगरमाथाको अंग्रेजी नाम माउन्ट एभरेष्ट सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जोर्ज एभरेष्टको नाममा नामाकरण गरिएको थियो । उनले १३ वर्ष लगाएर सबैभन्दा अग्लो चुचुराको सर्वेक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्