Logo

बालबालिकाहरुको बिषयमा निर्माण गरिएको वृत्तचित्र



Spread the love

असार, १९
सुन्दर सल्यान न्युज डेस्क
सल्यान जिल्लाbirta chitraको पश्चिमी भेगमा रहेको कालिमाटी काल्चे गाविसका बालबालिकाहरुको अवस्थालाई समेटेर भिडियो वृत्तचित्रको प्रोमो भिडियो र पोस्टर सार्बजानिक गरिएको छ । पत्रकार रेशम डि.सी.ले कालिमाटी काल्चे गाविसमा पर्ने बबइ नदि पार गरेर विद्यालय जान विवश बालबालिकाहरुको अवस्थालाई समेटेर वृतचित्र तयार गरेका हुन । वृत्तचित्रको नाम चिन्नो राखिएको छ । कालिमाटी काल्चे गाविसका बालबालिकाहरुले चिन्नोको सहारामा बबइ नदि पार गर्नुपर्ने अवस्थालाई झलाउन वृत्तचित्रको नाम चिन्नो राखिएको डिसीले बताए ।
कालिमाटी काल्चे गाविस वडा नं. १ हात्तीदमारका बालबालिकाहरु प्राथमिक विद्यालय उतिर्ण गरेपछि पढाइका लागि वडा नं. २ दमदुवाली मा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने गर्दछन । जसका लागि उनिहरुले दिनहु जोखिमपुर्ण ढंगले बबइ नदि पार गर्नुपर्ने हुन्छ । पत्रकार रेशम डि.सी. सुन्दर सल्यानका सल्लाहकार सम्पादक हुनुहुन्छ।
वृत्तचित्रको पोस्टर यस्तो रहने छ।

 

 

 

 

 

 

 

 

वृत्तचित्रको प्रोमो भिडियो एस्तो रहेको छ।

प्रतिक्रिया दिनुहोस्