Logo

रवीन्द्र मिश्र र रञ्जु दर्शना बारे विवादास्पद समाचार प्रकाशित गर्ने अनलाईन सञ्चालक पक्राउ



Spread the love

रञ्जु दर्शनाले ‘कार्यालयमै आफूलाई पार्टी संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको’ भन्ने गलत समाचार प्रकाशित गर्ने एकजना अनलाईन सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको अभियोगमा मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको हो ।

उनी काठमाडौँको शान्तिनगरमा बस्दै आएका थिए। रोकालाई बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरिएको हो।रोकाले विवेकशील–साझा पार्टी विभाजित भएपछि रञ्जुले कार्यालयमै आफूलाई पार्टी संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको समाचार सम्प्रेषण गरेका थिए । यो समाचार प्रकाशित भएलगत्तै रञ्जुले महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गराएकी थिइन् ।

No photo description available.
उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको अपारध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए । ‘न्यौपानेको चरित्र हत्या गर्ने गरी रोकाले अश्लील समाचार सम्प्रेषण गरेको पाइयो’, सिंहले भने, ‘यस किसिमका भ्रमपूर्ण समाचार अरु कसैले पनि सम्प्रेषण नगर्न आग्रह गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्