गुल्मी उद्योग वाणिज्य संघले आफ्नो २७ औँ साधारण सभाको अवसरमा खुल्ला ठाउँमा रक्सी बाँडेको छ । उद्योग वाणिज्य संघले यसरी रातिको समयमा खुल्ला ठाउँमा रक्सी खुवाउन थालेपछि तम्घासको पुतली बजारमा होहल्ला मच्चिएको थियो ।
संघको कार्यले समाजमा नकरात्मक छाप छोडेको स्थानीय बुद्धिजीवी बताउछन् । “दिनभर कार्यक्रममा व्यवसायमा एक/एक रुपैयाँको मूल्य ठुलो हुने भाषण छाँटेका व्यवसायहरू रातपरेपछि वाणिज्य संघको जाँडको गिलासमा घोप्टिएर तथानाम बोल्दै चिच्याए” एक स्थानीयले भने ।
यता गुल्मी उद्योग वाणिज्य संघको यो दुर्दशा सुनेको नसुनेझैँ गरेको छ प्रहरी प्रशासनले। यस बिषयमा बुझ्न खोज्दा अध्यक्षलाई नै सोध्न प्रहरीले आग्रह गरेको छ ।
सम्बंधित समाचार
गुल्मी उद्योग वाणिज्य संघ २७ औ वार्षिक साधारण सभा उद्घाटन
प्रतिक्रिया दिनुहोस्