नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको सरकारले जन चाहाना बमोजिम काम गर्न नसकेको आरोप लगाएका छन् ।
वाईडबडी प्रकरण , निर्मता पन्त हत्या काण्ड , सुन काण्ड लगायतका घटनाहरुमा सरकारको बदनाम भएको भन्दै सरकार सुपर फ्लप भएको बताए । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले भने ‘यो सरकार सुपर फ्लप भइसक्यो’ जन अपेक्षाअनुसार काम गर्न नसकेको सरकार विवादको घेराबाट माथि उठ्नै सक्दैन।’
प्रतिक्रिया दिनुहोस्